Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डले भने – मेरै कार्यकालमा समस्याको समाधान हुन्छ

    मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डले भने – मेरै कार्यकालमा समस्याको समाधान हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 531
    SHARES

    काठमाडौं । मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुँदै आफना पीडा पोखेका छन् ।

    प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका मिटरव्याज पीडितहरुले प्रचण्डलाई आफनो समस्या सुनाएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताए ।



    मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे

    । पीडितलाई प्रधानान्त्री प्रचण्डले भने, ‘अब ऐन बनाउने काम पनि सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु । म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस् ।’

    मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न ऐन नै बाधक बनेको भन्दै प्रचण्डले त्यो ऐन सच्याउने कार्य सुरु भइसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार