Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै मिटरब्याजी पीडित, सहमति हुनेमा पीडित विश्वस्त

    प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै मिटरब्याजी पीडित, सहमति हुनेमा पीडित विश्वस्त

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मिटरब्याज पीडितहरुलाई भेट्ने भएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले बिहान ८ बजे बालुवाटरमा प्रधानमन्त्रीसँग भेट्नका लागि मिटर ब्याज पीडितहरुलाई बोलाइएको हो ।



    शुक्रबार बिहान गृहमन्त्रालयमा मिटरब्याज पीडित र सरकारी टोलीको वार्तापछि प्रधानमन्त्रीले साँझसम्म भेट्ने जानकारी गराएका थिए। तर मन्त्रिपरिषद् विस्तार र अन्य काममा प्रधानमन्त्री व्यस्त भएका कारण शुक्रबार भेट भएन् ।



    राजधानीकेन्द्रित आन्दोलनमा रहेका मिटरब्याजीपीडितको माग सम्बोधनका लागि सरकारले वार्ता समितिसमेत बनाएर वार्ता सुरु गरिसकेको छ ।

    मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डौमा आई आन्दोलन गरिरहेका छन् ।

    सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ । आज प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुने मिटरब्याज पीडितहरुको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार