Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • अब देशले गति लिने प्रधानमन्त्री प्रचण्डको दाबी

    अब देशले गति लिने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 537
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूतरूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने दाबी गरेका छन् ।

    शुक्रवार रिपोर्ट्स क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।



    उनले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए ।



    उनले तीन महिनामा रेमिट्यान्स, राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गरे । पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार