Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहमन्त्री श्रेष्ठको निर्देशन – राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिनू

    गृहमन्त्री श्रेष्ठको निर्देशन – राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिनू

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 552
    SHARES

    काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएका छन् ।

    शुक्रबार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीलाई मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै काम गर्न नदिन निर्देशन दिएका हुन् ।



    उनले सीमा सुरक्षामा अब्बल साबित हुनेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पहिलो कर्तव्य ठानेर काम गर्न आग्रह गरे ।



    मन्त्री श्रेष्ठले राष्ट्रियहित विपरीतका गतिविधि रोक्ने र त्यसप्रकारको गतिविधि हुन नदिने गरी काम गर्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार