Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेकपा विभाजन उन्मुख टकराव

    नेकपा विभाजन उन्मुख टकराव

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 6.7K
    SHARES

    काठमाडौं । सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ। प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन्।

    बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर उनले संसद् अधिवेशन अन्त्य गराएका छन्। त्यसले झन् असमझदारी बढाएको छ। पार्टीभित्र देखा परेको आन्तरिक किचलो, सीमा समस्या र समाधान, सरकार एवं पार्टी कामको समीक्षा, एमसीसी परियोजनालगायत विषयमा छलफल गर्न बोलाइएको बैठकले एकाएक फरक रूप लिएको हो। असार १४ मा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन भारतीय राज्य संयन्त्र सक्रिय रूपमा लागेको र त्यसमा नेपालका नेताहरूसमेत संलग्न रहेको आरोप लगाएपछि बैठक त्यता मोडियो। असार १६ को बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले दुवै नेतृत्वबाट ओलीको राजीनामा मागेका थिए। ओलीले दुवै पदबाट राजीनामा नदिने रणनीति बनाएपछि अन्तरसंघर्षले चरम रूप लिएको छ। त्यही क्रममा दुवै पक्षका बाक्ला बैठक बुधबारदेखि जारी छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा दुवैतर्फका केही स्थायी समिति सदस्यसँग छलफल गरेका थिए। प्रत्युत्तरमा दाहाल–नेपाल पक्षले ललितपुरको झम्सिखेलमा निकट नेताहरूको भेला बोलाए। दुवैतिरका बैठकले विवादलाई झन् चरमोत्कर्षमा पुर्‍यायो।



    बिहीबार पार्टी बैठक अगाडि दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफलमा आ–आफ्नै अडान कायम रहे। लगत्तै प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्यको निर्णय लिएर बालुवाटारमै पार्टी बैठक चलिरहेका बेला संसद् अधिवेशन अन्त्य गराउनुले पार्टी एकता गम्भीर संकटमा परेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भई नेकपा बनेको थियो। पार्टी एकताको २६ महिनामै झन्डै दुई तिहाइ मतसहित केन्द्रीय सरकार बन्यो। ७ मध्ये ६ प्रदेश र ५ सयभन्दा बढी स्थानीय तहका सरकार नेकपाले पायो। राजनीतिक रूपमा मजबुत बनेको नेकपा पछिल्लो आन्तरिक विवादले फुटको संघारमा आइपुगेको छ। यसअघिका विवादहरू कुनै न कुनै बिन्दुमा समाधानमुखी अवस्थामा पुगे पनि यो पटकको समाधान के होला ? नेकपाका कुनै पनि नेता बताउन सक्ने हालतमा छैनन्। अन्नपुर्ण पाेष्टबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार