काठमाडौं । नेपाल प्रहरीका २ प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार डिआईजी उमेशराज जोशीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा र किरण राणाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९ चैत १७ गतेको निर्णय अनुसार जनपद प्रहरी समूह तर्फका जोशी र राणाको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Leave a Reply