सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिँदैछन् ।
सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए ।
कर्णाली प्रदेशसभामा कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक, एक गरी ४० सदस्य रहेका छन् ।
Leave a Reply