Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • दलित संघर्ष समितिको प्रदर्शनमा प्रहरीको हवाई फायर

    दलित संघर्ष समितिको प्रदर्शनमा प्रहरीको हवाई फायर

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.8K
    SHARES

    धनुषा । दलित संघर्ष समितिले न्याय माग गर्दै जनकपुरमा निकालिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    उपचार अभावमा मृत्यु भएका राजु सदा र प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदाको लागि न्याय माग्दै बिहिबार निकालिएको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेर प्रदर्शनलाई विथालेको हो ।



    दलित संघर्ष समितिले मृतक परिवारलाई रोजगारी, आइसोलेसनमा र प्रहरी हिरासतमा मृत्यु भएको घटनामा दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।



    पिडारी चोकबाट सुरु भएको प्रदर्शन मधेस भवन अगाडि पुगेपछि प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो ।

    मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि हुँदै जिल्ला प्रशान अगाडि प्रदर्शन गर्दै जनक चोकमा आएर कोण सभा गर्ने कार्यक्रम दलित संघर्ष समितिले सार्वजनक गरेको थियो । प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयम प्रवेश गर्न खोज्दा अश्रुग्यास प्रहार र हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार