Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ८ जहाजबाट एकैदिन नेपाल भित्रिए १२४२ यात्रु

    ८ जहाजबाट एकैदिन नेपाल भित्रिए १२४२ यात्रु

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ८ वटा चार्टर्ड जहाज अवतरणबाट एकै दिन १२४२ यात्रु नेपाल भित्रिएका छन् ।

    नेपालीको उद्धार अन्तर्गत नेपाल एयरलाइन्सले कुवेतबाट २ सय ५५ जना नेपालीलाई घर ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार बिहीबार दमामबाट २ वटा शवसमेत नेपाल ल्याइएको छ ।



    नेपाल एयरलाइन्सकै जहाजले साउदी अरवको जेद्दाबाट २ सय २२ जना नेपालीलाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले माल्दिभ्सको मालेबाट १ बच्चासहित १ सय ४ जना नेपालीलाई घर फर्काएको छ ।



    हिमालय एयरलाइन्सले साउदीको दमामबाट १ सय ५२ जना नेपालीलाई काठमाडौं ल्यायो । यस उडानमा दुई शवसमेत झारिएको थियो ।

    कुवेतबाट जजिरा एयरवेजका दुई जहाजले ३ सय २० जना जनालाई ल्याएको हो । मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १६२ जना नेपालीलाई काठमाडौं ल्याएको छ । बिहीबार श्री एयरलाइन्सको जहाज बंगलादेशको ढाका गएको थियो ।

    यो जहाज ढाका जाने क्रममा २२ जना यात्रु लगेर गएको थियो । फर्कँदा भने २६ जना यात्रु नेपाल आएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार