Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेपछि बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन , २०७८/७९ सभासमक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।



    यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनगुमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने कार्यसूची छ ।



    यसैगरी, सांसद डा. बेदुराम भसुालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्ने कार्यसूचीमा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार