Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रपति भण्डारीले गरिन् संसद् अधिवेशन अन्त्यकाे घाेषणा

    राष्ट्रपति भण्डारीले गरिन् संसद् अधिवेशन अन्त्यकाे घाेषणा

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्यकाे भएकाे राष्ट्रपति विद्यादेवी भण्डारीले घाेषणा गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।



    अब राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य भएको मानिन्छ ।



    मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक परामर्शका लागि शीतल निवास पुगेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार