Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • डलर दुई हप्तायताकै सस्तो

    डलर दुई हप्तायताकै सस्तो

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 618
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैयाँ ८१ पैसामा झरेको छ ।

    मंगलवार राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ १० पैसा थियो । बैंकहरूले भने १३१ रुपैयाँ ७० पैसादेखि १३१ रुपैयाँ ९० पैसाको बीचमा रहेर डलर विक्री गरेका थिए । यसले पनि बुधवार डलरको मूल्य घट्ने संकेत गरिसकेको थियो ।



    गत चैत ३ गते १३२ रुपैयाँ ६८ पैसासम्म उक्लिएको डलरको भाउ डेढ हप्ताको बीचमै उच्चतम विन्दुबाट ८७ पैसा घटिसकेको छ । अमेरिकी डलरसँगै चिनियाँ युआनको विक्रीदर पनि घटेको छ । तर, युआनको मंगलवार र बुधवारको विक्रीदरमा चार पैसाको मात्रै फरक छ । मंगलवार १९ रुपैयाँ १९ पैसा रहेको चिनियाँ युआनको विक्रीदर बुधवार १९ रुपैयाँ १५ पैसामा झरेको छ ।



    बुधवार युरोको विनिमय दर भने बढेको छ । बुधवारका लागि युरोको विक्रीदर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । मंगलवार युरोको विक्रीदर १४२ रुपैयाँ २१ पैसा तोकिएको थियो । बैंकहरूले भने १४१ रुपैयाँ ९१ पैसादेखि १४२ रुपैयाँ ९१ पैसाको बीचमा रहेर युरो विक्री गरेका थिए । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार