Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • धरौटीमा छुटे प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा

    धरौटीमा छुटे प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जना धरौटीमा रिहा भएका छन् ।

    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका उनीहरू ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।



    धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

    नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार