काठमाडौं । मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका छन् ।
पीडितलाई भेट्न गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत बालुवाटार पुगेका हुन् ।
सहसचिव शर्माले माग पूरा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने आश्वासन दिए ।
सहसचिव शर्माले प्रधानमन्त्री समक्ष आफूले कुरा राख्ने उल्लेख गर्दै आन्दोलन फिर्ता गर्न आग्रह गरे ।
सहसचिव शर्माले सरकारले ३४६ जनाको समस्या समाधान भइसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए ।
Leave a Reply