Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 402
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेट गर्न नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

    मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।



    जारी भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ । सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ ।



    तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ । एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।

    आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार