काठमाडौं । महोत्तरीको बर्दीबासबाट काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटेका छन्।
११ दिन हिँडेर सरकारको ध्यानाकर्षण गराउन भन्दै आइतबार काठमाडौं आइपुगेका पीडितहरुलाई राउतले काठमाडौंको मातातीर्थ पुगेर भेटेका हुन्।
भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए ।
राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने भन्दैै समस्या चाँडो समाधान नभए आफनो पार्टी पनि आन्दोलन जाने बताएका छन्।
Leave a Reply