Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कमलविनायक-नगरकोट सडक विस्तारमा ढिलाई, ठेक्का तोड्न सार्वजनिक सूचना

    कमलविनायक-नगरकोट सडक विस्तारमा ढिलाई, ठेक्का तोड्न सार्वजनिक सूचना

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 456
    SHARES

    काठमाडौं । सडक सुधार तथा विकास परियोजना निर्देशनालयले कमलविनायक-नगरकोट सडक निर्माणको ठेक्का रद्द गर्न सार्वजिनक सूचना जारी गरेको छ ।

    आयोजना कार्यालयले पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनसंगको ठेक्का तोड्न सूचना जारी गरेको हो ।



    भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले सोमबार १४ दिने सूचना निकाल्दै यो अवधिमा प्रगति नभए ठेक्का तोडिने उल्लेख गरेको छ ।



    आयोजनाले ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन भनेको छ ।

    यसको ठेक्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीका रुपमा चिनिएका शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनी आरामाली इन्फ्रा पावर (एआईपीएल)सँग संयूक्त रुपमा लिएको हो ।

    १५.६६ किलोमिटर लामो कमलविनायक–नगरकोट सडकखण्ड मध्ये करिब १ किलोमिटर कालोपत्र गर्न बाँकी छ । सडक स्तरोन्नति सुरु भएको आठ वर्ष भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार