Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • धरौटी तिर्न नमानेपछि प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

    धरौटी तिर्न नमानेपछि प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 633
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध बानेश्वरमा नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्।

    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई जेल चलान गरिएको हो ।



    धरौटी नतिरेपछि उनीहरुलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए।

    प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो।

    अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो। तर उनीहरुले धरौटी तिर्न मानेनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार