Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एसईई परीक्षा तोकिएकै मितिमा हुन्छ : शिक्षा मन्त्रालय

    एसईई परीक्षा तोकिएकै मितिमा हुन्छ : शिक्षा मन्त्रालय

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलयले एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जनाएको छ ।

    मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एसईई स्थगित भएको र विद्यालयहरु बन्द भन्ने खालका गलत समाचारहरु प्रवाह भइरहेको विषयमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको भन्दै हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।



    विज्ञप्तिमा भनिएको छ–‘कोराना भाइरस (कोभिड १९) को कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मको परिक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न मन्त्रालयले यसअघि नै आब्हान गरिसकेको छ । चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परिक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परिक्षा सकेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।



    मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘चैत ६ गतेदेखि हुने एसईई परीक्षा यथावत रुपमै संचालन हुनेछ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार