Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • माधव नेपाल भन्छन् – पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन

    माधव नेपाल भन्छन् – पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 633
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको टिप्पणी गरेका छन् ।

    शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले सो टिप्पणी गरेका हुन् ।



    उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताए । उनले यी दुई विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए ।



    उक्त पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने भन्दै नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे । देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताउँदै उनले कुनै पनि कुरामा दूरगामी सोच राख्न नसकिएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार