धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) कलेजका प्रमुखमाथि दुर्व्यवहार गरेको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थी परेका छन् ।
कलेजका प्रमुख योगराज गौतमले कक्षा कोठामा विद्यार्थीलाई पढाइरहेका बेला बाहिर बोलाएर कालोमसो दलेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमसो दलेका हुन् ।
तर, उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply