Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – देशको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो

    प्रधानमन्त्री प्रचण्डले भने – देशको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 867
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् ।

    बाह्रौँराष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्याङ्क सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्नेछ । तीनवटै तहका योजना बनाउन महत्वपूर्ण हुनेछ, जनसंख्याको वृद्धिदर घट्ने क्रममा छ, पहाड र हिमालको ग्रामीण भेगमा घट्ने, तराईमा बढ्दैछ ।’

    प्रधानमन्त्री प्रचण्डले हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताए ।

    उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए ।

    नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार