Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा यमराज जोशी विजयी

    कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा यमराज जोशी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 789
    SHARES

    कैलाली । कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका यमराज जोशी विजयी भएका छन् ।

    ७२२ मतसहित निर्वाचित भएका जोशीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार हरिश खत्रीलाई १७ मतान्तरले पराजित गरेका हुन् । खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।



    नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन सुनारले ५४१ मत ल्याउँदै तेस्रो भए । यस्तै सचिवमा नेविसंघका सन्तोष पन्त ८५६ मत ल्याएर विजयी भएका छन् ।



    यस्तै कोषध्यक्षमा नेविसंघकी अम्बिका चौधरी विजयी भएकी छन् । उनले ७६४ मत ल्याइन् । बुधबार भएको मतदानमा २३६८ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार