Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कांग्रेस महामन्त्री थापा भन्छन् – प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन

    कांग्रेस महामन्त्री थापा भन्छन् – प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्।

    सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले अहिलेसम्म नदेखेको बताए। प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने उनको भनाई छ ।



    उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए।

    प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको उनको भनाइ छ। महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार