Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नियमित स्वास्थ्य परीक्षण गराएर फर्के प्रधानमन्त्री ओली

    नियमित स्वास्थ्य परीक्षण गराएर फर्के प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आवश्यक स्वास्थ्य परीक्षण गरेर फर्किएका छन् ।

    नियमित स्वास्थ्य परीक्षणको लागि सहिद गंगालाल हृदय रोग केन्द्र गएका प्रधानमन्त्री ओली नियमित परीक्षण पछि घर फर्किएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



    प्रधानमन्त्री ओली नियमित मुटु परीक्षणका लागि अस्पताल पुगेका थिए।



    प्रधानमन्त्री ओलीको अस्पतालमा मुटुलगायतको परीक्षण गरिएको छ । उनको स्वास्थ्य जाँच नियमित नै भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनी आज विहान विभिन्न राजनीतिक भेटघाट र दिउसो स्थायी कमिटी बैठकमा सहभागी बनेका थिए ।

    प्रधानमन्त्री ओलीको केही महिना पहिला दोस्रो पटक सफलतापूर्वक किड्नी प्रत्यारोपण गरिएको थियो । उनलाई अनावश्यक दौडधुप नगर्न र अनावश्यक चिन्ता नलिन चिकित्सकले सुझाव दिएका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार