Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अनशन बसेकाहरूको जीवन रक्षा गर : मानव अधिकार आयोग

    अनशन बसेकाहरूको जीवन रक्षा गर : मानव अधिकार आयोग

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

    आयोगका प्रवक्ता वेद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा अनशनमा बसेका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवन रक्षाका लागि सार्थक संवाद गर्न सरकारलाई आग्रह गरिएको छ ।



    कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेर सामाजिक अभियन्तारु ई, रिजा राउत, पुकार बम, गम्भीरजंग कार्की र सुनीता तामाङलगायत रिले अनशनमा छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार