Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु

    सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 498
    SHARES

    काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।



    एमाले, रास्वपा र राप्रपाले सरकार छाडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छ । आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर प्रचण्डले चाँडै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

    बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिए पनि अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार