Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयद्वारा जानकारी

    थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयद्वारा जानकारी

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । अछामका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसंगै नेपालमा मृतकको संख्या ३० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ती पुरुष अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं ५ का हुन् ।



    उनको असार १४ गते उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको थियो । घरमा रहेका उनलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि असार १३ गते अस्पताल लगिएको थियो ।



    उनमा मधुमेहको समस्या रहेको थियो । उनको मृत्यु पश्चात स्वाब संकलन गरी परीक्षण गर्दा असार १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनलाई अस्पतालमा कुर्न बसेका अन्य २ जनाको समेत कोरोना परीक्षण गरिएकोमा उनीहरुको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार