Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मिलेमतोमा तिब्बतीलाई नेपाली नागरिकता, ५ जना पक्राउ

    मिलेमतोमा तिब्बतीलाई नेपाली नागरिकता, ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 564
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने५ जनालाई पक्राउ गरेको छ ।

    अपराध अनुसन्धान कार्यालयले झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो ।



    उक्त समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    उनीहरुले विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाद दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको छ ।

    पक्राउ परेका श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको खुलेको छ ।

    कटवालले कीर्ते कागजात तयार गरेर तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएवापत प्रतिव्यक्ति ३ देखि ५ लाख लिने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार