Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • थ्री नेसन्स कपको प्रमुख अतिथिमा प्रधानमन्त्री प्रचण्ड

    थ्री नेसन्स कपको प्रमुख अतिथिमा प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 519
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार वितरण गर्ने भएका छन् ।

    बुधबार हुने प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्रीको उपस्थिति हुने पक्का भएको हो ।



    राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटारमा समापन समारोहको निमन्त्रणा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।



    प्रधानमन्त्री दाहालले समापन समारोहमा सहभागी हुन र विजेताहरूलाई पुरस्कार र मेडल वितरण गर्न आउने बताएका हुन् ।

    दशरथ रङ्गशालामा आज देखि सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार