Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • त्रिवि नेविसंघ अध्यक्षमा एकैदिन तीन जनालाई मनोनयन गरिएको पत्र सार्वजनिक

    त्रिवि नेविसंघ अध्यक्षमा एकैदिन तीन जनालाई मनोनयन गरिएको पत्र सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 693
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय इकाई सभापतिको एकै पदमा तीन जनालाई मनोनीत गरेको पत्र सार्वजनिक भएको छ ।

    नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको व्यहोराको पत्र सार्वजनिक भएको हो ।



    एकैदिन तीन जनालाई सभापति मनोनीत गरेर पठाइएको पत्रको औचित्य नरहेको भन्दै शेर्पाले तीनै जना अब नेविसंघको त्रिवि सभापति नरहेको बताए ।



    चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

    त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिएका थिए ।

    ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार