Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री किराती भन्छन् – आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन्

    मन्त्री किराती भन्छन् – आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन्

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 522
    SHARES

    लालबन्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन् ।

    ‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनमा उनले भने, “४६ को जनआन्दोलनपछि ६२र६३ को आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित छ ।”



    नेपाली समाजको शल्यक्रिया गरिनु आजको आवश्यकक्ता भएको उल्लेख गर्दै उनले नेपाली संस्कृतिको मनोविज्ञानबाट अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।



    अब एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार