काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालको आर्थिक सुधार गर्ने जिम्मा नेपाली कांग्रेसमाथि आएको बताएका छन्।
गिरिजाप्रसाद कोइरालाको योगदानबारे आयोजित अन्तर्क्रियामा कार्यक्रममा बोल्दै नेता काइरालाले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेस अब एकदुई दिनभित्रै सरकारमा जाँदैछ । अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन । कुनै किसिमको कमिकमजोरी अब कांग्रेसबाट गर्नु हुँदैन ।’
नेता काइरालाले कांग्रेसलाई १० दलीय गठबन्धनलाई मिलाएर अगाडि जानुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
उनले कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक दुई दिनमै जान लागेको बताए। उनले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाएर अगाडि बढ्न सक्ने विश्वास लिएको बताए ।
Leave a Reply