Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आईजीपी ज्ञवाली भन्छन् – प्रहरीभित्र छद्‍म भेषमा काम गर्ने छुट कसैलाई छैन

    आईजीपी ज्ञवाली भन्छन् – प्रहरीभित्र छद्‍म भेषमा काम गर्ने छुट कसैलाई छैन

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले  शान्ति सुरक्षामा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज  पारिने वताएका छन् ।

    महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार  उदघाटन गर्दै आईजीपी ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको समेत वताए।



    आईजीपी ज्ञवालीले कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध प्रहरी कर्मचारीहरुले सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने वताए ।



    उनले प्रहरी संगठनको पवित्र उद्देश्य नि:स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको हुँदा  छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको पनि उल्लेख गरे  ।

    आईजीपी कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको वताए ।

    नवनिर्मित  २४ कोठे  प्रहरी ब्यारेक भवन राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा २ हजार १ सय ६० वर्गमिटर क्षेत्रफलमा   कुल ८ करोड ३१ लाख १० हजार ३ सय ९ रुपैयाँ १३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार