Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे पन्थहिटी–टहरे–हर्मी–साहिलटार सडकको शिलान्यास

    प्रधानमन्त्री प्रचण्डले गरे पन्थहिटी–टहरे–हर्मी–साहिलटार सडकको शिलान्यास

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 600
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरेका छन् ।

    उनले गोरखास्थित पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका हुन्।



    शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन्।



    भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा ८० करोड को लागतमा पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुने बताइएको छ।

    वूड हिल-लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्ने गरी ठेक्का पाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार