Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बाहिर आइजीपीको शिलन्यास, भित्र थुनुवाद्धारा आत्महत्या

    बाहिर आइजीपीको शिलन्यास, भित्र थुनुवाद्धारा आत्महत्या

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 4.4K
    SHARES

    ललितपुर । प्रहरी महानिरिक्षक (आईजीपी) ठाकुर ज्ञवालीले महानगरीय प्रहरी परिसर, ललितपुरको नवनिर्मित व्यारेक भवनको उद्घाटन गर्दै गर्दा परिसरभित्रै हिरासतमा रहेका एक थुनुवाले भने आत्महत्या गरेका छन् ।

    आज (बुधबार) विहान महानगरीय प्रहरी परिसरमा ललितपुरमा ब्यारेक भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आईजीपी ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायत ३ जना एआइजी र केही डिआइजीहरुको पनि उपस्थिति रहेको थियो ।



    ४ तल्ले भवनको उद्घाटन गरेर प्रहरी आईजीपी ज्ञवालीले मन्तव्य राखिरहदाँ परिसरभित्रै हिरासत कक्षमा एक जनाले आत्महत्या गरेका हुन् ।



    परिसरका प्रहरीहरुको ध्यान ब्यारेक उद्घाटनतिर जाँदा बलात्कारको मुद्दामा असार १४ गते ग्वार्कोबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले आत्महत्या गरेको परिसर स्रोतले जनाएको छ ।

    एक्लै बसेका यादववले हिरासत कक्षमा रहेको तन्दा च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

    यादवमाथि शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो ।

    एकातिर दिन दिने प्रहरी अधिकारीहरु नै घुससहित पक्राउ पर्दै जानु र अर्कोतिर हिरासतभित्रै आत्महत्याका घटना बढ्दै जाँदा प्रहरीको कमाण्डिङ क्षमतामाथि नै प्रश्न उठ्दै आएको छ ।

    एक सातापछि ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका आईजीपी ज्ञवालीको छोटो कार्यकालमा प्रहरी अधिकारीहरु नै घुस रकमसहित पक्राउ पर्दा संगठन प्रमुख ज्ञवालीमाथि पनि प्रश्न उठिहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार