Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सडक शिलान्यासका लागि प्रधानमन्त्री प्रचण्ड भोलि गोरखा जाँदै

    सडक शिलान्यासका लागि प्रधानमन्त्री प्रचण्ड भोलि गोरखा जाँदै

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 699
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् ।

    गोर्खा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।



    शिलान्यासका लागि उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि गोर्खा जाने कार्यक्रम छ।



    भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा ८० करोड को लागतमा पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार