Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, १७२ सांसदको समर्थन

    दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, १७२ सांसदको समर्थन

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 756
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।

    सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।



    जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे ।



    सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा मत दिन्न भन्ने पक्षमा उभियो ।

    यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। त्यतिबेला उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए। यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। त्यतिबेला उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार