Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • एमाले र राप्रपा अस्थिरताको कारक बने : प्रधानमन्त्री प्रचण्ड

    एमाले र राप्रपा अस्थिरताको कारक बने : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 558
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपा सरकारबाट बाहिरिएको बताएका छन् ।

    सोमबार संसद्‌मा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले त्यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि यहाँ आइपुगेका हौँ।’



    पुष्पकमल प्रचण्डले आफूले यति छिट्टै संसदमा विश्वासको मत माग्नुपर्ने अवस्था आउला भनेर नसोचेको बताए ।

    उनले क्याबिनेटमा पनि प्रधानमन्त्री र मन्त्रीहरुबीच कुनै मतभेद नभएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार