Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ओलीलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भने – संसद विघटन गर्वको विषय होइन

    ओलीलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भने – संसद विघटन गर्वको विषय होइन

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन्।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको बताए।



    प्रचण्डले भने,’सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन ।’

    गठबन्धन बनाउँदा एमाले र राप्रपाले स्थायित्वको नारा अघि सारे पनि उनीहरू त्यसबाट पछि हटेको प्रधानमन्त्री प्रचण्डले बताए।

    प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार