Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • एमाले अध्यक्ष ओलीले भने – प्रधानमन्त्री बनाएकै भोलिपल्ट प्रचण्डले इमान छाडे

    एमाले अध्यक्ष ओलीले भने – प्रधानमन्त्री बनाएकै भोलिपल्ट प्रचण्डले इमान छाडे

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 639
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको बताएका छन् ।

    एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी गरे।



    उनले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन। चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन।’

    प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप लगाए। वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार