काठमाडौं । स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ । गएराती भएको खेलमा एट्लेटिको म्याड्रिडसँग २–२ गोल अन्तरमा बराबरीमा रोकिएपछि बार्सिलोनालाई ठूलो धक्का लागेको हो ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सी मंगलबार आफ्नो खेलजीवनको ७००औं गोल गर्न सफल रहे तर, खेल जिताउन भने सकेनन् ।
क्याम्प नुमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।
त्यसयता एट्लेटिकोका तर्फबाट दुवै गोल सउल निगुएजले गरे । दुवै गोल पेनाल्टीमा भएको थियो । यो नतिजापछि रियल म्याड्रिडले बुधबार गेटाफेलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोल्न सक्नेछ ।
Leave a Reply