Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बालुवाटारको तमासाबारे गगनले भने -अब कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्

    बालुवाटारको तमासाबारे गगनले भने -अब कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा मंगलबारको स्थायी समिति बैठकमा नेकपाका शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका  छन्।

    नेकपाभित्र तनाब बढिरहेको बेला कांग्रेस नेता गगन थापाले भने बालुवाटारको तमासाको बारेमा सामाजिक सन्जाल फेसबुकमा लेख्दै यस्तो भनेका छन् :



    बालुवाटारमा तमासा छ!‬



    ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन। तर न त सलह किराले आफ्नो काम रोकेको छ, न त कोरोना भाइरसले! बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬

    ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ: अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार