काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा पराजित भएको छ ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले पीएसजीलाई २–० गोलले पराजित गरेको हो ।
पीएसजीलाई हराउन रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले १–१ गोल गरे । फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो ।
हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। पिएसजीलाई पराजित गरेको रेनेस ५० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।
Leave a Reply