Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले दिए राजीनामा

    प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 894
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द शर्मा कोइराला (बन्दी)ले राजीनामा दिएका छन् ।

    शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।



    बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाएको छ ।



    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन स्वीट्जरल्याण्ड जान उनलाई मन्त्रीस्तरीय सुविधा प्राप्त हुनेगरी सल्लाहकारमा नियुक्त गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार