Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • माहोल बिग्रिएपछि ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

    माहोल बिग्रिएपछि ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। पार्टीभित्र एकाएक आफ्नो पक्षमा माहोल बिग्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

    ओलीको बारेमा मंगलबाको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेका थिए। बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।



    प्रधानमन्त्री  ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए । बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले ओलीले आफुलाई प्रधानमन्त्रीबाट भारतले हटाउन खोजेको  अभिव्यक्तिको प्रमाण दिन माग गरेका थिए ।



    सचिवालयमा रहेका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार