Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 651
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

    संघीय संसद भवनको शंकर हलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो ।



    सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।



    यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएको निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार