Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • सभामुख घिमिरेले भने – अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सामूहिक प्रयासकाे खाँचो छ

    सभामुख घिमिरेले भने – अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सामूहिक प्रयासकाे खाँचो छ

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 849
    SHARES

    काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन् ।

    शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।



    सभामुख घिमिरेले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।



    सभामुख घिमिरेले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताए ।

    व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पुर्याउन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार