काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका पश्चिम नवलपरासीका एक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बर्दघाट नगरपालिका–२ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।
उपचारको क्रममा मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको र उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।
Leave a Reply