Online Nepal
  • बुधबार, १० पुष २०८१
  • शेखर कोइरालाको सुझाव – किसानका समस्या समाधान गर्न सरकारले हस्तक्षेप गर्नुपर्छ

    शेखर कोइरालाको सुझाव – किसानका समस्या समाधान गर्न सरकारले हस्तक्षेप गर्नुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 633
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसानका समस्या समाधान गर्न सरकारले तुरुन्त हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

    शुक्रवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । कोइरालाले खेतीको बेला रासायनिक मलको चरम अभाव हुँदा किसान मारमा परेका बताए ।



    यो विषय आगामी संसद अधिवेशनमा नेपाली कांग्रेसले प्रमुखताका साथ उठाउने उनको भनाई छ ।



    उनले लेखेका छन्, ‘एकातिर खेतीको बेलामा चरम अभाव, अर्कोतिर अनुदान कटौतीका नाममा मूल्यवृद्धि । रासायनिक मलमा किसानहरू सधैं मारमा छन् । यी दुवै बेथितिको दीर्घकालीन समाधान आजको प्रमुख आवश्यकता हो । सरकारको तुरुन्त हस्तक्षेप होस् । यो विषय आगामी संसद अधिवेशनमा नेपाली कांग्रेसले प्रमुखताका साथ उठाउनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार